STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल र सिक्किमबीच नेपाली चलचित्रको विकास कार्यक्रम हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ३०, शुक्रबार

नेपाल र सिक्किमबीच नेपाली चलचित्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सहकार्यलाई थप मजबुत बनाउने कुरा नेपाल सरकारको चलचित्र विकास बोर्डले अगाडि ल्याएको छ । सो कुरा बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा औपचारिक स्वागतार्थ आयोजित कार्यक्रममा घोषणा गरेको हो ।

उक्त स्वागत कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न सम्भावनाहरूमा सकारात्मक छलफल भएको थियो। अध्यक्ष डि.सी.ले नेपाली चलचित्रका लागि सिक्किमसँगको सहकार्य स्वर्णिम अवसर हुने विश्वास व्यक्त गर्दै भुटिया र उनको टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए। उहांहरु वीच पछिल्लो ६ महीनामा ३ पटक भेट भएपनि टाशी छिरिगं सिक्किम सरकारबाट बोर्ड अध्यक्ष्य नियुक्त भएपछिको यो पहिलो भेट हो । 

कार्यक्रममा सिक्किमबाट  मनोज लामा, दास तामाङ, उत्तम प्रधान लगायको उपस्थिति थियो।  भेटघाट कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, भारती घिमिरे चलचित्र विकास बोर्डका सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट , गणेश सुवेदी ,सदस्य सचिव राजेश थापा , कलाकार जीवन लुइटेल, जितु नेपाल,पन्चमी घिमिरे, सम्पादक नहकुल खडका, निर्माता केवल तामांग, ‘कमेडी दरबार’ टिमका ,श्रध्दा प्रसाईं, बिक्की अग्रवाल , र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरीलगायतको उपस्थितिले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो।

Categorized in सिनेमा