STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा पौडेल नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २३, शुक्रबार

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले  पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रस्तावमा पौडेललाई महाप्रवन्धकमा नियुक्ती गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल हाल निगमको संचालक समितिका सदस्य थिए ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता हुन् । मन्त्री भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।

यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव समेत नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

Categorized in राजनीति