STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल समूह फेरि निर्वाचन आयोग पुग्यो

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ६, सोमबार

काठमाडौँ - नेकपा एमाले माधव नेपाल समूहका नेताहरु पार्टीको विवाद समाधानका लागि भन्दै फेरि निर्वाचन आयोग गएका छन् ।

नेपाल समूहका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आइतबार दिउँसो आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझाएको थियो।

फागुन २३ गते सर्वोच्च अदालतको निर्णयसँगै एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयहरु अवैध भएकाले ती निर्णय अभिलेखिकरण नगर्ने उनीहरुले आयोग समक्ष माग गरेका छन् । अध्यक्ष ओलीले एकलौटी ढंगले निर्णय गरेकाले ती निर्णय पार्टी विधान विपरीत भएको उनीहरुको तर्क छ ।

आयोगलाई एक पत्र बुझाउँदै ओलीका निर्णय अवैधानिक भएको जानकारी गराएको नेपाल-खनाल समूहका नेताहरुले बताए । पार्टीमा हुँदै नभएको अधिकार प्रयोग गरी अध्यक्ष ओलीले निर्णय गरेकोमा उनीहरु आपत्ती समेत थियो ।

महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटी भंग गर्ने, महाधिवेशन आयोजक कमिटी बनाउने र केन्द्रीय कमिटी विस्तार लगायत ओलीले गरेका निर्णय बदर गरिनुपर्ने नेपाल समूहको तर्क छ ।

आयोगका पदाधिकारीहरुले नेपाल समूहको उक्त पत्र बुझेर अध्ययन गरी जवाफ दिने जनाएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि नेकपा स्वत विघटन भइ माओवादी केन्द्र र एमाले पहिलेकै अवस्थामा फर्किएका हुन् ।

Categorized in राजनीति