नेवाः अर्गनाइजेशन अफ अमेरिकाको भर्चुअल सम्मेलन आज
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार
काठमाडौं – अमेरिकामा बसोबास गर्दै आएका नेवारहरुको साझा संस्था नेवाः अर्गनाइजेशन अफ अमेरिकाले आज (आइतबार) राति भर्चुअल सम्मेलन गर्दैछ ।
संस्थाको १९ औं वार्षिक अधिवेशन मनाउन उक्त भर्चुअल सम्मेलन हुन लागेको संस्थाको नेपाल संयोजक किरणकेण रंजितले जानकारी दिनुभएको छ ।
नेपाली समयअनुसार राति १०ः४५ बजे हुने उक्त भर्अुचल सम्मेलन जुम एपमा हुने जानकारी पनि रंजितले दिनुभएको छ ।
Categorized in राष्ट्रिय