STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः जागरण मञ्चले गरे नेवार क्षेत्रका विभिन्न व्यक्तिलाई सहयोग

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार

काठमाडौं – नेवाः जागरण मञ्चले लकडाउनको समय नेवार क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । साथै, ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आएको ‘आमा घर’लाई पनि सहयोग गरेको छ । मञ्चले दिएको जानकारीअनुसार लकडाउनको समय समस्यामा रहेका नेवार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्ने क्रममा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने तथा नेवार आन्दोलनमा सक्रिय सहभागिता जनाउने बुंगमतीका पाँचजनालाई सहयोग गरेको छ । यसैगरी, काठमाडौंकाका चार जना लेखक, टोखाका मजदुरी गर्ने दुईजना, कीर्तिपुरका एक महिला एकजना, मनमैजुमा दैनिक ज्यालादारी काम गर्ने दुईजना र काठमाडौंका लकडाउनअघि बेरोजगार बनेका चारजनालाई मञ्चले सहयोग गरेको छ । मञ्जले विभिन्न खाद्यसामग्री र नगद सहयोग गरेको हो । यसैगरी, ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आएका ‘आमा घर’ र माताीर्थको वृद्धाश्रमलाई पनि मञ्चले आर्थिक सहयोग गरेको छ । नेवाः जागरण मञ्चले अति विपन्न अवस्थामा रहेका नेवार क्षेत्रका व्यक्तिहरुलाई निरन्तर सहयोग गर्दै जाने जानकारी दिएको छ भने सहयोग आवश्यक पर्नेलाई सहयोग गर्नुपरे मञ्चमा सुचना दिन पनि अनुरोध गरेको छ ।
Categorized in उपत्यका