relans
ni new 83
nib 2082 5

नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र १६, बुधबार

नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी हुन भएको छ।

धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनमा नव निर्वाचित बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माइलाबाबु द्योलाले ६७ मत मात्र प्राप्त गर्नु भएको थियो । देश संघिय शासन प्रणाली मा गइसकेको हुनाले दबूको निर्वाचन पनि संघिय  प्रणालीको आधारमा भएको थियो ।

जस अनुसार अन्य आठ उपाध्यक्ष हरु मा प्रदेश १ बाट अनिल मास्के , मधेश प्रदेशका लागि घनश्याम श्रेष्ठ, बागमति प्रदेशबाट शान्त श्रेष्ठ,गण्डकि बाट हरिकुमार श्रेष्ठ, लुम्बिनि प्रदेशबाट नरेशकुमार राजभण्डारीं,कर्णालीबाट खगेन्द्रबहादुर श्रेष्ठ र सुदुर पश्चिम प्रदेशका विकाश श्रेष्ठ र स्वनिगः विशेष प्रदेशबाट उमेश स्थापित निर्वाचित हुनु भएका छन् भने महिला उपाध्यक्षमा रश्मिला प्रजापति चुनिएकि छन् । उपत्यका विशेष प्रदेशबाट उमेश स्थापित उपाध्यक्ष चुनिए । यस्तै गरी वरिष्ठ उपाध्यक्ष मा चन्द्रलाल राजभण्डारी निर्वाचित हुनु भएका छन् ।

महासचिवमा सत्यनारायण डंगोल र सचिव पदमा मचाराजा महर्जन निर्विरोध निर्वाचित हुनु भए भने कोषाध्यक्ष  निरन्जन रत्न शाक्य पनि निर्विरोध निर्वाचित हुनु भएको हुनु भएको छ ।

Categorized in राष्ट्रिय
ppp 2