STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लामा अर्बिनमान सिंह

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २, शनिबार

नयाँ कार्यसमिति चयन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौं जिल्लाको चौंथो अधिवेशन शनिवार सम्पन्न भएको छ। 

काठमाडौंको जगत सुन्दर ब्वनेकुथिमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। देशभरका नेवार पत्रकारको साझा संस्था दबुको काठमाडौंको अध्यक्षमा नागरिक दैनिकमा कार्यरत अर्बिन्द्रमान सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ। 

दबुको उपाध्यक्षद्वयमा मेरो साप्ताहिकका प्रविन महर्जन र स्वतन्त्र पत्रकार बिमला मानन्धर, सचिवमा गोरखापत्र अनलाइनका मनोजरत्न शाही निर्वाचित हुनुभएको छ। 

कोषाध्यक्ष्मा राजेन्द्र मानन्धर सह–सचिवद्वय सुष्मा महर्जन, शरण डंगोल तथा सदस्यमा मोनिका मल्ल, किचः सिंह, विजय सिं , उद्वव खड्गी, सहयोग रंजित, सुविन्द्र श्रेष्ठ सहितको १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

अधिवेशनको अवसरमा  वर्षेनि २५ हजार रुपियाँको ‘कगं अजिमा खोज पत्रकारिता पुरस्कार' र १२ हजार रुपियाँको ‘काठमाडौं नेवाः किन्डरगार्टेन शिक्षा पुरस्कार'कोसमेत घोषणा गरिएको छ।

Categorized in उपत्यका