नेवाः मोर्चाको मूल रणनीति ‘नेवार राज्य’
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २६, आइतबार
काठमाडौं– नेवाः मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा माघ २६ गते आइतबार सम्पन्न भयो । तीनदिने राष्ट्रिय सम्मेलनको पहिलो माघ २४ गतेबाट शान्तिबाटिकाबाट एक र्याली निकालिएको थियो । सो र्याली नगर परिक्रमापश्चात् असनमा पुगी एक सभामा परिणत भई सम्मेलनको सुरुवात गरिएको थियो ।
सम्मेलनको दोस्रो दिन शनिबार ललितपुरको कुपण्डोल कार्यालयमा बन्दसत्रको आयोजना गरिएको थियो । अन्तिम दिन आइतबार कुपण्डोल कार्यालयमै एक कार्यक्रमबीच सम्मेलन टुंग्याइएको थियो ।
सम्मेलनले पवनमान श्रेष्ठको अध्यक्षतामा ३१ जनाको नयाँ केन्द्रीय समिति गठन गरेको छ । कार्यक्रममा ‘नेवाः राजनीति’ र ‘नेवारहरुको विकास आजको स्थिति’ शीर्षकका दुई कार्यपत्र पनि पारित भएको थियो ।
मोर्चाले रणनीतिकरुपमा नेवार राज्य र कार्यनीतिको रुपमा नेवार भाषा, संस्कृति, रोजगार, घर–जग्गामा भइरहेका अतिक्रमणविरुद्ध संघर्ष थाल्ने नीति लिएको छ । साथै संघर्षशील नेवार संघसंस्थासँग छलफल गरी नेवारहरुको विकास र संक्षणको लागि सहकार्य गर्दै जाने नीति समेत पारित गरिएको मोर्चाका नवनियुक्त अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
Categorized in राजनीति