STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार–शाक्य सभ्यता जोड्न साइकल र्याली

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार

काठमाडाैं – काठमाडाैंको नेवार सभ्यता र प्राचीन कपिलवस्तुको शाक्य सभ्यता जोड्ने उद्देश्यले काठमाडौं–लुम्बिनी साइकल र्याली हुनेभएको छ । काठमाडौंको द्वारिका होटलमा फागुन २१ गते बुधबार एक पत्रकार सम्मेलन गरी अभियन्ता विक्रम पाण्डेकाजीले उक्त र्यालीबारे जानकारी दिएका छन् । अभियन्ता पाण्डेकाजीले शुक्रबार (फागुन २३) बिहान ६ः३० बजे स्वयम्भू हारती मन्दिरमा भेला भई काठमाडौं–लुम्बिनी साइकल र्याली हुने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा खड्गी सेवा समितिका सल्लाहकार मनोज नेवाः खड्गी, अध्यक्ष अन्जिता खड्गी, साइकल ¥यालीका व्यवस्थापक दीपक राई, दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता लक्ष्मी मगरलगायतकोे उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय