STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार मोडल रोजिना र सरिता म्युजिक भिडियो अवार्डको उत्कृष्ट पाँचमा

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २४, बुधबार

काठमाडौं – नेवार फिल्म तथा म्युजिक भिडियो क्षेत्रका लोकप्रिय मोडलहरु रोजिना सुवाल र सरिता वज्राचार्य स्पर्श म्युजिक भिडियो अवार्ड २०२० को इन्डिजिनियस क्याटगोरीमा बेस्ट फिमेल मोडलअन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

उत्कृष्ट पाँचभित्र रोजिना सुवाल ‘स्व रे जितः’ बोलको म्युजिक भिडियोबाट र सरिता वज्राचार्य ‘तःमिम्ह’ म्युजिक भिडियोबाट मनोनयनमा परेका हुन् ।

नेवार मोडलबाहेक उत्कृष्ट पाँचमा रञ्जु लिम्बु राजवंशी गीतबाट, समीता गिरी मैथिल र थारु गीतबाट परेका छन् ।

‘जिगु वैंशं धाल जि ला ल्यासे जुयावल रे...’ म्युजिकभिडियोबाट चर्चामा आएकी मोडल रोजिना सुवालले यसपछि अनेकौं म्युजिक भिडियो एवं शर्टफिल्महरुमा अभिनय गरिसकेकी छन् ।

यसैगरी आजभोलिका व्यस्त एवं चर्चित कलाकार सरिता वज्राचार्यले धेरै म्युजिक भिडियो एवं शर्टफिल्महरुमा आफ्नो अभिनय देखाइसकेकी छिन् ।

उत्कृष्ट पाँचमा पर्न सफल यी नेवार कलाकारहरुलाई निम्न तरिकाले भोट दिन सकिने जनाइएको छ ।

Congratulations to all the nominees for Sparsh Music Video Award 2020.
"INDIGENOUS Category"
& Here we are opening our voting.
To vote follow this procedure:
1.Click www.globalonlinepay.com
2. Click on "Events" Tab
3.Click on "Sparsh Music Video Award"
4. Choose the category & vote for your favourite Artist.

 

Categorized in साहित्य-कला