STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार समुदायले आज भाइटीका लगाउँदै

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २, मंगलबार

काठमाडौं – वार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । सोमबार म्हपूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् ।

नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजापूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन हिजो पनि दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने गर्छ । तर यसपाली आज बिहान पनि केही समय द्वितीया तिथि रहेकाले आज भाइटीका लगाउनेहरूका लागि पनि मन्दिर खुला गरिएको हो । बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म नै मन्दिर खुला रहने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

Categorized in राष्ट्रिय