नेशनल इन्टरटेन्मेन्ट अवार्ड-२०२१ मा संगीतसाधक र पत्रकारहरु सम्मानित
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ६, शुक्रबार
रसियन कल्चर सेन्टरमा आयोजित ‘नेशनल इन्टरटेन्मेन्ट अवार्ड९२०२१’ वरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई बिहिबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सम्मानित गरिएको छ । संगीतकार बासकोटालाई विशिष्ट संगीत साधक सम्मान अर्पण गरिएको हो भने क्रिएटिभ इन्साइट मिडियाले बिहिबार काठमाडौंमा आयोजना गरेको नेशनल इन्टरटेन्मेन्ट अवार्ड्स-२०२१ मा चार जना पत्रकारहरु पनि सम्मानित भएका छन् ।
समारोहमा कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराईलाई रंग पत्रकारिता विशेष सम्मानद्वारा सम्मानित गरियो ।
भट्टराईलाई साढे दुई दशकभन्दा लामो समयदेखि रंग पत्रकारिता क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, अभिनेत्री एवम् निर्देशक दिपाश्री निरौला, अभिनेता कृष्ण मल्ल, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधानसहितका व्यक्तित्वले पत्रकार भट्टराईलाई दोसल्ला ओढाएर कदरसहित सम्मान गरेका हुन् ।
समारोहमा कामना मासिकका सम्पादक विदुर गिरीलाई राष्ट्रिय रंग पत्रकारिता सम्मानद्वारा सम्मानित गरियो भने हिमालय टेलिभिजनका पत्रकार माधव अधिकारीलाई रंग पत्रकारिता सम्मानद्वारा सम्मानित गरियो ।
नव क्षितिज साप्ताहिकका पत्रकार अरविन्द्र गौतमलाई रंग पत्रकारिता सम्मान (मोफसल) को रुपमा सम्मानित गरियो ।
समारोहमा मनोरञ्जन क्षेत्रका व्यक्तिहरुलाई नेशनल इनटरटेन्मेन्ट अवार्ड्स २०२१ द्वारा पुरस्कृत गरिएको छ भने वरिष्ठ संगीत साधक बासकोटालाई नेपाली सांगितिक क्षेत्रमा अतूलनिय योगदान गरेकोमा सम्मान गरिएको हो ।
सम्मानित भएपछि संगीतकार बासकोटाले आफ्नो सम्मानले सांगीतकि क्षेत्रकै सम्मान भएको धारणा व्यक्र गरे ।
समारोहमा मनोरञ्जनको विविध क्षेत्रका व्यक्तिहरु लगायत पर्यटन र समाजसेवा क्षेत्रका व्यक्तित्वहरुलाई नेशनल इनटरटेन्मेन्ट अवार्ड्स-२०२१ द्वारा सम्मानित र पुरस्कृत गरिएको छ ।
Categorized in साहित्य-कला

