STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नौ बालबालिकालाई नइ बाल पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १७, बिहिबार

नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने भएको छ । 

यसरी पुरस्कृत हुन लागेका बाल बालिका हरुमा ‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ  कुशाग्र भट्टराई, साहित्यतर्फ  प्रतिष्ठा केसी, चित्रकलातर्फ  श्रीया गुरुङ, सङ्गीततर्फ  सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ  सुप्रिया ऐर रहेका छन् । 

ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् । 

यसैगरी नइ कोपिला पुरस्कार गायनमा  काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई प्रदान गर्ने  भएको छ ।

ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् । 

ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई प्रदान गरिने भएको छ । 

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाई ले बताएका छन् ।

Categorized in साहित्य-कला