STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्यूरोडमा सवारी पार्किङस्थल बनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

स्थानीयको विरोधकाबीच नेपालगञ्ज उपमहानगरपालिकले न्यूरोडको सडकबीचको ग्रिनरी डिभाइडरलाई दुई पाङ्ग्रे सवारी पार्किङस्थल बनाउने कामजारी राखेको छ । 
उक्त कार्यका लागि अहिले धमाधम रातो रङको सिमेन्ट टायल बिच्छाउने कार्य भइरहेको छ । बीचमा भएका पुराना बिरुवालाई यथास्थितिमै छोडेर खाली ठाउँमा साइकल र मोटरसाइकल पार्किङ गराउने उपमहानगरपालिकाको योजना छ । न्यूरोडलाई ‘सौन्दर्य अभिवृद्धि’ गर्ने भन्दै बिरुवाको बीचबीचमा पार्किङ गर्ने ठाउँ बनाएर न्यूरोडलाई कुरुप र सुख्खा बनाउन लागेको भन्दै स्थानीयवासीले चर्को विरोध गरिरहेका छन् । न्यूरोडमा पार्किङका साथै सार्वजनिक शौचालयको अभाव रहेको छ । गर्मीको शहर भए पनि ग्रिनरी बढाउनेतर्फ उपमहानगर संवेदनशील नभएको गुनासो व्यापारी अगुवा कृष्णप्रसाद श्रेष्ठको छ । अर्कोतर्फ नगरपालिकाप्रमुख डा धवलशम्शेर राणाले भने ग्रिनरी डिभाइडरको खाली स्थानको सदुपयोग होस् भनेर दुई पाङ्ग्रे सवारी पार्किङस्थल बनाउन लागिएको बताउनुभयो ।
Categorized in राष्ट्रिय