STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्हूदँकाे उपलक्ष्यमा महावीर पुनलाई एक लाख सहयोग

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १, सोमबार

काठमाडौं –  नेपाल संवत् ११४१ न्हूदँ (नववर्ष)को उपलक्ष्यमा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक रुपैयाँ सहयोग गरेका छन् ।

यस वर्ष कोरोना महामारीको कारण नववर्षको उपलक्ष्यमा गरिने भोजको रकमबाट सहयोग गरेको राजभण्डारीले जनाएका छन् । भोज र रमाइलो गरी सकिने रकम आविष्कार केन्द्रलाई दान दिने निर्णय गरेका सांसद राजभण्डारीले बताए, “यस वर्ष कोरोना महामारीका कारण भोज गर्ने र रमाइलो गर्ने पैसा बचेको हुनाले यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने निर्णय गरेको हुँ । अरु बुझ्नेले पनि यसरी नै दान गर्न अनुरोध गर्दछु ।”

समाचार र तस्बिर सौजन्य : नेवाः म्हसीका फेसबुक

 

Categorized in राष्ट्रिय