STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्नी पिडित पात्र बटुकजीको म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २, सोमबार

लामो समयसम्म फिल्ममा अभिनय र मूख्य सहायक निर्देशक भएर  अनुभव बटुलेका तथा केही समयदेखि टिकटकमा हिट भएका फिल्मकर्मी सन्तोष पौडलद्वारा अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।

टिकटकमा पत्नी पिडित पात्र बटुकजीको पात्रका रुपमा लोकप्रियता कमाएका पौडलले "हजुरै हो" बोलको गीतमा अभिनय गरेको भिडियो सार्वजनिक भएको हो। फिल्मी शैलीमा तयार पारिएको सामाजिक कथा बुनिएको गीतको भिडियोमा बटुकजीको पत्नीका रुपमा टिकटिकमा हिट भएकी उनको वास्तविक जीवनको पत्नी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्। लोभलाग्दो नृत्य र भावुक कथाको गीत नजिकिँदै गएको हरितालिका तीजको अबसरमा सार्वजनिक गरिएको हो।

गायक तथा सर्जक डीआर सुजनको प्रस्तुतिमा तयार भएको यो तीज गीतमा बोधश्रीको शब्द रचना, डीआर सुजनकै संगीत र बिनो बाजुरालीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा बिधवा नारीप्रति समाजले गर्ने दुर्व्यवहार र र मदिरा सेवन गरी परिवार र सन्तानलाई दुब्र्यहार गर्ने पुरुषको कथा प्रस्तुत गरिएको छ। सुन्दा रमाईलो लाग्ने र हेर्दा भावबिह्वल बनाउने भिडियोमा विधवा महिलासँगको भएको प्रेम र विवाहलाई समाज र घर परिवारले गर्ने व्यवहारलाई देखाइएको छ।

डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीतको भिडियोको निर्देशन डीआर सुजनले गरेका छन् भने मौसम हिमालीको कोरियोग्राफी रहेको छ भिडियोमा रेशम दर्नालीको छायांकन र पदम सुवेदीको सम्पादन रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in साहित्य-कला