STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकारिताका नाममा ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

पत्रकारिताका नाममा धम्की दिई ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । जनकपुरधामबाट प्रकाशन हुने ‘दूधमति’ साप्ताहिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले वस्तुनिष्ठभन्दा पनि दलाली गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने घटनामा वृद्धि हुनु सरोकारवाला सबैका लागि चिन्ताको विषय हो भन्दै जनताको सरोकारका नाममा तथ्यपरक नभई आचारसंहिताको कुनै ख्याल नगरी पत्रकारिता कर्म देखापर्नु सबैका लागि घातक भएको बताउनुभयो । सक्रियताका आवरणमा धम्की दिई विज्ञापनदेखि समाचारमा एकाधिकार कायम गर्ने मनोविज्ञान बढ्दै जानु पत्रकारिताको भविष्यमाथि प्रश्नचिह्न लागेको धारणा उहाँहरुले व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकार शैलेन्द्रकुमार झा र व्यवसायी प्रमोदकुमार अग्रवाललाई दूधमति साप्ताहिक सम्मान प्रदान गर्नुभयो । समारोहमा प्रदेशसभा सदस्य रामसरोज यादव, रामआशिष यादव र मञ्जु यादव, पत्रिकाका सम्पादक सुजितकुमार झा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का महासचिव किरण कर्ण, महासङ्घ धनुषाका सभापति अनिल मिश्र, उद्योगी शिवशङ्कर साह र उद्योग वाणिज्य सङ्घ जनकपुरका अध्यक्ष ललितकुमार साहले पत्रकारिताको विद्यमान अवस्था, चुनौती र उपलब्धिको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
Categorized in राष्ट्रिय