STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार दबूको कोरोना कोषमा मन्त्री श्रेष्ठद्वारा १ लाख सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ २, बुधबार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषको लागि एम लाख रुपैयाँ प्रदान गर्नुभएको छ । मन्त्री श्रेष्ठले बुद्ध बार पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो   सहयोग रकम  हस्तान्तरण गर्नुभयो । कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना द्रुत प्रतिकार्य समूह गठन गरेको छ भने सो समूह मार्फत रकम जुटाउने कार्य भइरहेको समयमा मन्त्री श्रेष्ठबाट सहयोग रकम प्रदान गर्नु भएको हो ।

सो अवसरमा मन्त्री श्रेष्ठले पत्रकारिता मार्फत समुदायको अधिकार, भाषा, संस्कृतिको उत्थानमा पत्रकार राष्ट्रिय दबूले पुर्याउँदै आएको योगदानको सराहना गर्दै त्यस कार्यमा हौसला प्रदान गर्न आफूले व्यक्तिगत रुपमा यथोचित सहयोग गरेको बताउनुभयो ।उहाँले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउने पत्रकार राष्ट्रिय दबूको अभियानमा आफ्नो साथ संधै रहने पनि बताउनुभयो । प्रत्येक नागरिकलाई खोप सुनिश्चित गर्न सरकारले पहल गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले अहिलेको विषम परिस्थितिमा भ्रम र अफवाहले थप नकारात्मक असर पुर्याउन सक्ने भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्नुभयो ।

काठमाडौं महानगरपालिकाले नेपालभाषामा शिक्षा दिन गरेको गरेको पहल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले विभिन्न भाषाभाषी र जातजाति बसोबास रहेको क्षेत्रमा त्यहाँको स्थानीय भाषाबाट शिक्षा दिनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो । सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले पत्रकार राष्ट्रिय दबूले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउने अभियानमा अघि सारेका योजना र कार्यक्रमबारे जानकारी दिँदै यस कार्यमा संघीय सरकारको सहयोगको खाँचो औल्याउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष एवं कोरोना द्रुत प्रतिकार्य समूहका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कोरोना संक्रमणको जोखिम कारण लागू निषेधाज्ञाले थुप्रै सञ्चारकर्मीहरु बेरोजगार बनेको, साना तथा स्वरोजगार मिडिया संकटमा परेको, पत्रकार र तिनका परिवार संक्रमित भएको लगायत अनेक समस्यामा परेको बताउँदै ति सञ्चारकर्मीहरुलाई यथासक्दो सहयोग गर्न कोष खडा गरेको जानकारी दिनुभयो । अहिलेसम्म कोषमा करिब ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि संयोजक श्रेष्ठले बताउनुभयो ।

Categorized in उपत्यका