STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार महासंघका संस्थापक अध्यक्षको नाम तुरन्त सच्याउन जोडदार माग

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ २४, शुक्रबार

नेपाल आदिबासी जनजाति पत्रकार महासंघद्वारा शुक्रबार एक कार्यक्रमको आयोजना गरी युके फोनिज पत्रकारिता पुरस्कारका साथै सम्मान प्रदान गर्नुकासाथै फोनिज को सांगठनिक सुदृढीकरण तीन महिने अभियानको घोषणा कार्यक्रम सम्पन्न भएको छ । आदिबासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष गजुरधन राइ को सभापतित्वको सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका तथा पूर्व  माननीय रामबहादुर थापा मगर प्रमूख अतिथीका रुपमा उपस्थित रहनु भएको थियो । प्रमूख अतिथी थापा मगर ले आफु पनि कुनै समय पत्रकारितामा संलग्न रहनु भएको कुरा स्मरण गर्दै नेपाल पत्रकार महासंघया संस्थापकको नाम एक आदिबासी मातृभाषी पत्रकारको हुनु पर्नेमा अर्कै नाम अगाडि आइरहेकोले सो सच्याउनु पर्यो भनि आइरहेको सन्दर्भमा यदी सत्यतथ्य यही हो भने नाम सच्याउने कार्यमा आफ्नो पनि समर्थन रहने कुरा जिकिर गर्नु भयाे ।

सो कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा यु के  फोनिजद्वारा स्थापित "फोनिज–युके पत्रकारिता पुरस्कार तथा सम्मान “ पनि प्रदान गरियो । यसरी पुरस्कृत हुनेहरुमा नेवाः पत्रकार राष्ट्रिय दबका पूर्व उपाध्यक्ष तथा  निलिफा सुब्बा दुइ जनालाई “फोनिज युके पत्रकारिता पुरस्कार तथा सम्मान ” प्रदान गरियो । सो पुरस्कार स्वरुप २५ हजार नगद राशीका साथै प्रमाणपत्र सहित दोसल्ला अोढाइ सम्मानित गरियो  ।

कार्यक्रममा  यु के फोनिजका  सल्लाहकार नरेन्द्र नेपाल , फोनिजका पूर्व अध्यक्ष दण्ड गुरुङ र नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा लगायतका वक्ताहरुले आदिबासी मातृभाषी पत्रकारिता र फोनिज बारे विविध कुरा राख्नु भएको थियो ।

सभापति को आसनबाट बोल्नु हुँदै  फोनिजका अध्यक्ष राईले फोनिजको सांगठनिक सुदृढीकरण तीन महिने अभियानको घोषणा गर्नुका साथै यो अभियानको विभिन्न मुद्दाहरू रहेको तर मूल मुद्दा  राज्यले आदिबासी मातृभाषा का  नेपाल पत्रकार महासंघका संस्थापक  अध्यक्ष एक आदिबासी जनजाति पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको नामको ठाउँमा अर्कै नाम अगाडि ल्याइराख्नु अशोभनिय हो भन्दै यो पाइला तुरुन्तै सच्याउनु पर्छ भन्ने कुरामा जोड दिनु भयाे ।

Categorized in उपत्यका