STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार रजकको पोस्टमार्टम गर्न चिकित्सकद्वारा अस्वीकार

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १९, मंगलबार

काठमाडौं - काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्नुपर्ने अडान लिएकाले पोस्टमार्टम  ढिलाइ भएको छ । 

त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि हालसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरीरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न नमानेको स्रोतले जनाएको छ । 

तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर ज्यान गुमाएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँले मंगलबार पत्र पठाएको थियो।

चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी बाहिर हल्ला आएको कारण भोलि विवाद हुन सक्ने भन्दै पहिला एक्सरे गर्नुपर्ने अडान लिएका हुन्।

चिकित्सका अनुसार, गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुन्छ । फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुने बित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढाइनेछ । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको प्रहरीले प्रारम्भिकरूपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो ।

Categorized in राष्ट्रिय