relans
ni new 83
nib 2082 5

पत्रकार राष्ट्रिय दबू काभ्रेको साधारणसभा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २१, आइतबार

देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारण सभाको चटारो छ । यहि क्रममा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने ललितपुर जिल्ला शाखाले आइतबार साधारण सभा गरिसकेको छ । यही क्रममा भक्तपुरले माघ २८ गते गर्ने भएको छ । फागुन ५ गते शनिबार केन्द्रीय साधारणसभा गर्नुअघि देशभरका विभिन्न जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा साधारण सभा धमाधम कार्यक्रम भइरहेको छ ।

काभ्रेको बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिए । व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औंल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गरे ।

त्यस्तै, ४१ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका वरिष्ठ पत्रकार माेहन दुवालले पत्रकारलाई दिइने भनिएकाे पेन्सनकाे कार्यविधि संशाेधन गर्न माग गर्दै दुवालले  सबैलाई थाहा भएकाे विषय सम्बन्धित निकायले छनाेट गर्नुपर्नेमा उल्टै वडाबाट सिफारिस लिएर पत्रकार भएकाे प्रमाणित गर्नुपर्ने कार्यविधि गलत भएकाे  तर्क प्रस्तुत गरे ।

पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्लाका अध्यक्ष साेमकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार माेहन दुवाल, सूर्यप्रसाद लाकाेजु, पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, महासचिव केके मानन्धर, सहसचिव विजयराम कर्माचार्य, सदस्य अनुप प्रधान, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमिल्सिना, प्रेस युनियन काभ्रे, प्रेस चाैतारी नेपाल काभ्रे, प्रेस सेन्टर काभ्रेका प्रतिनिधि, काभ्रे क्याम्पसका प्रमुख, प्राचार्य, हलिं नेवाः दबूका उपाध्यक्ष, पत्रकार राष्ट्रिय दबू काभ्रेकाे सिङ्गाे कार्यसमिति सहभागी थियाे । कार्यक्रमलाई काभ्रेका निवर्तमान अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले सञ्चालन गरेका थिए ।

समाचार स्रोत - के के मानन्धर

Categorized in राष्ट्रिय
ppp 2