पद्मरत्न सम्झँदै न्हूदँ समारोह समितिद्वारा श्रद्धाभाव अर्पण
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १६, मंगलबार
काठमाडौं, २०७८ कार्तिक १६, मंगलबार – नेपाल संवत् न्हूदँ समारोह समिति ११४२ को आयोजनामा आज मंगलबार काठमाडौं रत्नपार्कस्थित शंखधर पार्कमा नेवार न्ह्यलुवाः नेपाल संवत् आन्दोलनका प्रणेता एवं मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिकमा श्रद्धाभाव अर्पण गरिएको छ ।
दिवंगत तुलाधरको आज तेस्रो पुण्यतिथि पनि परेको छ । शंखधर पार्कमा काठमाडौं महानगरपालिकाले तुलाधरको शालिक राखेको थियो ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ का अध्यक्ष निरञ्जनरत्न शाक्यले दिवंगत पद्मरत्न तुलाधरलाई सम्झेर आफ्ना विचार राख्नुहुँदै शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
साथै, न्हूदँ समारोह समितिका सम्पूर्ण सदस्यहरुले पनि तुलाधरको शालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाभाव व्यक्त गरेका थिए ।
Categorized in उपत्यका


