STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २२, मंगलबार

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत पश्चिम नवलपरासीका स्थानीय तहले आआफ्नो क्षेत्रमा रहेका पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिएका छन् । एतिहासिक, पुरातात्वीक र साँस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यले ती स्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह जुटेका हुन् । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकास्थित रामग्राम स्तूप र पण्डीतपुरकोे व्यापक प्रचारप्रसार गरी दुवै स्थानमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । यी दुवै स्थान विश्वमै विशेष महत्व राख्ने पर्यटकीयस्थल छन् । बुद्धको अस्थिधातु राखिएका विश्वका आठ स्तूपमध्ये उत्खनन नभई सुरक्षित रहेको एकमात्र रामग्राम स्तूप हो । यो स्तूप रामग्राम नगरपालिका–७ उजैनीमा रहेको छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । यसैगरी रामग्राम नगरपालिका–१८ बञ्जरियास्थित पण्डितपुर गाउँमा गौतमबुद्धको मावलीस्थल रहेको मानिन्छ । कोलिया गणराज्यको राजधानी भएको दाबी गरिको यस ठाउँमा यसअगावै बुद्धकालीन इँटा, माटाका भाँडाकँुडालगायत विभिन्न भग्नावशेष भेटिएका छन् । यसैगरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलमध्ये सुनवल पनि एक हो । सुनवल नगरपालिका–११ केरावानीमा आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काखमा बाबा बर्दगोरिया धाम अवस्थित छ । शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रूपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही नदी बग्छन् । प्राचीन समयमा हालको भडँरी जहाँ मामीसती सवरिया मन्दिर रहेको छ, त्यहाँ राजाराम नामका राजा बस्दथे । उनका एक रानी मामीसती र एक भाञ्जा पर्शुराम पनि थिए । यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजिकै राजाको दरबार थियो । यहाँ अहिले ठूलो सिमलको रुख छ । दरबार अगाडि एउटा तुल्सीको मन्दिर पनि थियो । राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवा पनि थिए । चरुवा गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे । चर्न गएका गाई कहिले छिट्टै त कहिले महिना दिनसम्म पनि फर्किदैन्थे । चर्न गएका गाई फर्कंदा दरबार आउनुभन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे । अमर पोखरीको पानी पिए पछि अमर भइन्छ भन्ने विश्वास रही आएको पाईन्छ । यसैगरी सरावल गाउँपालिका–२ जावामा लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष ९रूख० रहेको छ । लोपोन्मुख यो प्रजातिको रूख यसै क्षेत्रमा सुरक्षित छ । यो वृक्ष बुद्धकालीन युगमा जडीबुटीका रूपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख छ । कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक1 जावा कोटही मन्दिर गौतमबुद्धसँग सम्बन्धित रहेको हुँदा यस क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताउनुभयो । यसैगरी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ अवस्थित मुस्लिम समुदायको बाहुल्यता रहँदै आएको नेपालकै पुरानो ऐतिहासिक मदारबाबा मेला पछिल्लो पटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । यस स्थललाई पनि प्रचारप्रसार गरी विशेष गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । मदार क्षेत्रमा विविध चार महत्वपूर्ण स्थान रहेका छन् । महलबारीमा मस्जिद रहेको छ भने यसबाट अगाडि बढ्दै जाँदा गुद्दरबाबास्थल, चावलधोइस्थल र उच्च पहाडमा मदारबाबा मुख्य स्थल रहेका छन् । जसमध्ये केही भाग पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ र केही भाग पूर्बी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–६ मा पर्दछ । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल नेपाल तथा भारतमा प्रसिद्ध रहँदै आएको छ । यसबाहेक पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा रहेका आआफ्नो क्षेत्रका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेको पाईन्छ । पश्चिम नवलपरासीमा तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेका छन् ।
Categorized in राष्ट्रिय