STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक नेता पौडेल

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी नकेपाका स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताउनुभएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसाइटमा आज आयोजना गरिएका सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सदस्यसमेत रहनुभएका उहाँले बागलुङमा धेरै पयटकीय गन्तव्य भए पनि आवश्यक लगानीकर्ताको अभावमा पर्यटन विकासको वातावरण नबनेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो । “पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक छन्”, पौडेलले भन्नुभयो, “बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस ।” बागलुङ पर्यटन विकास समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुराँ व्यवसायी सङ्घको पहलमा बागलुङ र पोखराबीच पर्यटनमा सहकार्य गर्न पहिलोपटक संस्थागतरुपमै पहल थालिएको छ । सोअन्तर्गत बागलुङका पर्यटन व्यवसायी बुधबारदेखि पोखरामा छन् । पोखराका होटल तथा अन्य पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन र सहकार्य गरी पर्यटकीय गतिविधि बढाउनका लागि पर्यटकीय राजधानी पोखरा आएका बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्छ”, पोखराका पर्यटन व्यवसायी वासु त्रिपाटीले भन्नुभयो, “पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्नेछ ।” पर्यटकलाई खुशी पार्ने भनेको होटलको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलको अवलोकनसमेत गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताउनुभयो ।
Categorized in राष्ट्रिय