STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्सामा एकैदिन १३४ जनामा संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार

काठमाडाैं – पर्सामा एकैदिन १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा एकै दिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएको यो नै पहिलाेपटक हाे । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार बिहान गरिएको परीक्षणमा पर्साका १३४ जनामा संक्रमण पुष्टि भएको हो। प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक गरी थप १४२ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये पर्साका मात्रै १३४ जना रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। बाँकी ८ जनामध्ये बारा र रौतहटका ४/४ जना हुन्। शुक्रबार बिहान संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी ४३ जना थुनुवा छन्। पर्साकी प्रहरी उपरिक्षक पन्तले ४३ जना थुनुवा र १ जना प्रहरीमा संक्रमण भेटिएको जानकारी दिइन्। पर्सामा अहिलेसम्म कूल संक्रमितको संख्या ८९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। पर्सामा कोरोना संक्रमणका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको हो।
Categorized in राष्ट्रिय