पवन जोशीको निर्देशनमा रुपेन्द्र र आराध्य
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २४, सोमबार
विगत पचास बर्षदेखि निरन्तर कला क्षेत्रमा लाग्दैआएका नेपालभाषाका म्युजिक भिडियोहरु एक पछि अर्को गरेर निर्देशन गरेर सफलताको रेकर्ड नै राख्दैआएका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी निर्देशित पछिल्लो भिडियो हिजो आइतबार सार्वजनिक भएको छ। निर्देशक जोशीव्दारा निर्देशित धुकु पिकु क्यने छन्त बोलको गीत जनगायक भृगुराम श्रेष्ठ ले सार्वजनिक गर्नु भएको हो।
तारा राम मुनकर्मीको गायन, विकासरत्न कंसाकारको गीत तथा अनिल तुलाधरको संगीत रहेको उक्त गीतको भिडियोमा नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ र अहिले की चर्चित नायिका आराध्यलक्ष्मी खड्गीको अभिनय रहेको छ।आ
पनौति तथा कीर्तिपुरका लोकेसनहरुमा छायाँकन गरिएको भिडियोमा माया–प्रेमका लागि सारा संसार लुटाउन खोज्ने प्रेमीको कथा बुनिएको छ। ख्यातिप्राप्त छायाँकार तथा सम्पादक सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको छ।
भिडियो सार्वजनिक समारोहमा प्रमुख आतिथ्यता जनगायकका रुपमा चिनिने नेपालभाषाका बरिष्ठ गायक भृगुराम श्रेष्ठ, गायक प्रवेशमान शाक्यको रहेको थियो।भने त्यस्तै विशेष आतिथ्यता नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक विजयरत्न तुलाधर असंबरे लगायतका वक्ताहरुले सार्वजनिक भएको म्युजिक भिडियो बारे मन्तव्य राख्नु भएका थिए ।
Categorized in साहित्य-कला

