STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिराले च्यापेर मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

पहिराले पुरेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो । यही भदौ १८ गते बिहान तीजको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई एक्कासि आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । सिरक्याङ भिर नजिकैको खोलामा आएको सो पहिरोले घर्तीलाई पुरेको थियो । सो स्थानमा अझै पनि पहिरो आइरहेकाले थप दुर्घटना हुनसक्ने आशङ्काले स्थानीयवासी त्रस्त छन् । प्रहरीका अनुसार मृतक घर्तीको शव परीक्षणका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।
Categorized in अपराध-दुर्घटना