STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिराेले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार

काठमाडौँ - भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा बिहीबार बिहान पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभयो । त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ । कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिनभुयो ।

रासस

Categorized in राष्ट्रिय