STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २६, बिहिबार

काठमाडौं- वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिए ।

सडक अवरुद्ध भएर सयौँ सवारीसाधन जाममा परेको सवारी चालक राजु बस्नेतले जानकारी दिए । सडक खुलाउने तयारी नभएको भन्दै बस्नेतले यात्रुहरू तनावमा रहेकाे बताए ।

पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

Categorized in राष्ट्रिय