पाँचथरको फिदिममा आगलागी हुँदा दुईको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७९ पौष २०, बुधबार
काठमाडौं - पाँचथर जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको । त्यस्तै दुईजना घाइते भएका छन् ।
मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मेघराजका २२ वर्षीया छोरी ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिं थेवे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै घाइते हुनेमा मेघबहादुर र उनका छोरा वीरेन्द्र रहेका छन् । उनीहरुको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार विद्युत सट हुँदा आगलागी भएको हो । आगलागीबाट मेघबहादुरको घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना

