relans
ni new 83
nib 2082 5

पाँच नेताले बोलेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १७, बुधबार

काठमाडौं : पाँच नेताले धारणा राखेपछि बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाईं र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले बुधबारको बैठकमा धारणा राखेका हुन्। बुधबार निधन भएकी नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालप्रति शोक व्यक्त गर्न जानुपर्ने भएकाले बैठक स्थगित भएको हो। प्रवक्ता श्रेष्ठ, नेता भीम रावललगायत नेताले शोक प्रस्ताव लगत्तै बैठक गर्नुपर्ने आवाज उठाए पनि उनीहरुको आवाजको सुनुवाइ बैठकमा नभएको एक नेताले जानकारी दिए। पाँच नेताले बोलेपछि स्थगित भएको बैठक बिहीबार बिहान ११ बजे पुन बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक एवम् नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।
Categorized in राजनीति
ppp 2