पाँच नेवाः फिल्म प्रदर्शनीका साथ कीर्तिपुर सिनेप्लेक्स हलमा नेवाः फुड नेवाः फिल्म महोत्सव फागुन ११ गते हुने
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २७, आइतबार
फागुन ११ गते कीर्तिपुर सिनेप्लेक्स जाऔं, नेवाः फुड नेवाः फिल्म महोत्सवमा सहभागी होऔं
“नेवाः सभ्यता नेवाः स्वाद, हेरौं हामीले नेवाः फिल्म” आवाज बुलन्द गर्दै नेवाः फिल्मको उत्थानका साथै नेवाः खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स तथा कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा “नेवाः फुड नेवाः फिल्म महोत्सव” आउँदो फागुन ११ गते आइतबार हुने भएको छ ।
उक्त महोत्सव आयोजना गर्ने विषयमा माघ २७ गते आइतबार कीर्तिपुर सिनेप्लेक्स हलमा फिल्मकर्मी एवं आयोजक संस्थाबीच छलफल कार्यक्रम भएको छ ।
उक्त छलफलबाट फागुन ११ गते आइतबार हुने उक्त नेवाः फुड नेवाः फिल्म महोत्सव कार्यक्रममा पाँच नेवाः फिल्म प्रदर्शन गर्ने निर्णय गरेको छ ।
नेवाः फिल्म “गालय् वन”, “सेरिब बञ्जा”, “ख्याः वल”, “हिसिमति” र “लिबाय् धुंकाः” नामक पाँच नेवाः फिल्म प्रदर्शन गरिने निर्णय भएको जानकारी आयोजक संस्था नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले दिनुभएको छ ।

उक्त नेवाः फुड नेवाः फिल्म महोत्सव कार्यक्रममा नेवाः फिल्मका साथै कीर्तिपुर सिनेप्लेक्स हल परिसरमा नेवाः फुड एवं स्थानीय उत्वादनका सामाग्रीहरुको स्टल पनि रहने जानकारी आयोजक संस्था कीर्तिपुर मिडिया हाउसका अध्यक्ष प्रताप महर्जनले दिनुभएको छ ।
छलफल कार्यक्रमा आयोजक संस्था कीर्तिपुर सिनेप्लेक्सका प्रमुख नरेन्द्र महर्जन, सुदेश महर्जन, नेपाल कला संस्कृति उत्थान समाजका संस्थापक अध्यक्ष विजयलाल डंगोलका साथ संस्थापक सदस्य नविन जोशी, संस्थापक उपाध्यक्ष रामकृष्ण महर्जन किरण तथा संस्थापक छ्सचिव ललेन्द्र शाक्य, कीर्तिपुर मिडिया हाउसका अध्यक्ष प्रताप महर्जनको उपस्थिति रहेको थियो ।
कार्यक्रममा, फिल्मकर्मीको तर्फबाट “गालय् वन” फिल्मका निर्देशक संयुक्त स्थापित र निर्माता अजय दुवाल, “सेरिब बञ्जा” फिल्मका कलाकार लक्ष्मीकुमार महर्जन उदास र देवेन्द्र महर्जन, “ख्याः वल” फिल्मका निर्देशक जेनिश शाक्य र कलाकार मनोज महर्जन, “हिसिमति” फिल्मका निर्माता पूर्णकाजी ज्यापुएवं “लिबाय् धुंकाः” फिल्मका निर्देशक राजेशमान सिंह र कलाकार आराध्यालक्ष्मी खड्गीको उपस्थिति रहेको थियो ।
Categorized in सिनेमा

