STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाकिस्तानमा ९० यात्रुसहितको विमान आवासीय क्षेत्रमा दुर्घटना

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार

एजेन्सी  – पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । विमान कराँचीनजिकको आवासीय क्षेत्रमा दुर्घटना भएको समाचार संस्थाहरुले जनाएका छन् । पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९१ यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय