STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २७, आइतबार

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबिचको जारी खेलमा भारतले पाकिस्तानलाई खेल जित्न १२० रनको विजयी लक्ष दिएको छ। 

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै  अलआउट भयाे।

भारतका लागि ओपनर द्वय कप्तान रोहित शर्मा र विराट कोहोलीले सोचे अनुरूप प्रदर्शन गर्न सकेनन्।

कप्तान रोहित १२ बलमा १३ रन बनाएर आउट भए। विराटले ३ बलको सामना गर्दै ४ रन बनाएर क्याच आउट भए। ऋषभ पंतले सर्वाधिक ४२ रन बनाए। उनले ३१ बलको सामना गर्दै उक्त रन जोडेका थिए।

अक्षर पटेलले भारतका लागि २० रनको योगदान दिए। उनले १८ बल खेल्दै एक छक्का र दुई चौकाको मदतमा टिमका लागि सो संख्या जोडेका थिए।

रवींद्र जाडेजा र जसप्रीत बुमराह शून्यमा आउट भए। सूर्यकुमार यादवले ७, शिवम दुबेले ३, हार्दिक पंड्याले ७ अर्शदीप सिंहले ९ रन जोडे।

पाकिस्तानका लािग नसीम शाह र  हारिस रउफ़ले समान ३-३ विकेट लिए। शाहीन शाह अफ़रीदीले १ र मोहम्मद आमिरले २ विकेट लिए।

Categorized in खेलकुद