STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाटनमा रातो मछिन्द्रनाथको रथ बनाउन शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्र्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।
सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै रथ बनाउने काम भइरहेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरेपछि देवताको दशकर्म र रथ निर्माण दुवै सँगसँगै शुरु भएको हो । 
वैशाख शुक्ल प्रतिपदासम्ममा पुजारीले देवताको दशकर्म सक्ने र बाराही समुदायले रथ बनाउने सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै थरीले आ–आफ्नो काम सकेपछि नै रथारोहण हुन्छ ।”
यस वर्ष रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले पुल्चोकमा काम गरिसकेका छन् । रथारोहण हुने दिन आगामी २२  गते देवताको रथारोहण हुँदैछ । उहाँले भन्नभयो, “त्यसअघि नै रथ बनाउने सबै काम सकिनेछ ।”
२२ गते रथारोहण भएपछि त्यसको चार दिनपछिअर्थात् २५ गते रथयात्रा शुरु हुनेछ । देवताको रथयात्राका लागि तोकिएको स्थानमा घुमाएपछि जावलाखेलमा लगेर भोटो जात्रा हुने गरेको छ । 
सहकालका देवता मानिने मछिन्द्रनाथ पाटनमा छ महीनामा र छ महीना बुङ्गमतीमा रहन्छन् । पाटनमा झण्डै छ महीना रहँदा विभिन्न किसिमका जात्रा पर्व हुने गरेको छ । 
Categorized in राष्ट्रिय