पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १३, शनिबार
काठमाडौं – कोरोना संक्रमणकाे उपचार गराइरहेका उपत्यकाका २ जनाकाे पाटन अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडाैंकी एक महिला र भक्तपुरकी एक महिला रहेका छन् ।
मृत्यु भएकामध्ये काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
यसैगरी भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
भदौ ८ गतेदेखि उनकाे पाटन अस्पतालमा उपचार भइरहेकाे थियाे ।
गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ ।
Categorized in उपत्यका