STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाटन दरबार स्क्वायरमा पनि रिहाइ माग्दै प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – रातो मछिन्द्रनाथ बुंगद्यः जात्राको झडपको क्रममा हिरासतमा रहेका सम्पदा अभियन्ताहरुको रिहाइको लागि ललितपुरको दरबार स्क्वायर क्षेत्रमा आज बिहान शान्तिपूर्ण जनप्रदर्शन भएको छ । हिरासतमा रहेकाहरुको रिहाइको माग गर्दै यसअघि विभिन्न स्थानमा सरकारलाई दबाब दिन यस्ता जनप्रदर्शन भइरहेका थिए । गत भदौ १८ गते पुल्चोकमा भएको झडपमा समातिएकाहरुमध्ये केहीलाई सरकारले रिहा गरिसकेको भए पनि अझै पनि सम्पदा अभियन्ताहरु यादवलाल कायस्थ, रविन शाक्यसहित ७ जना हिरासतमै छन् ।

तस्बिर साैजन्य : सुलभ सागर फेसबुक

Categorized in उपत्यका