STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २४, बुधबार

ताप्लेजुङ - सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । 

तीन हजार ७९४ मिटरको उचाइमा पर्ने  तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । 

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।  

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । 

हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको संख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । 

बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ । 

Categorized in राष्ट्रिय