पाथीभरा मन्दिर नजिककाे वनमा भीषण डढेलो
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ११, शनिबार
ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिककाे वनमा भीषण डढेलो लागेको छ।
फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको छ ।
डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको जनाइएकाे छ ।
अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको स्थानीयले बताइएकाे छ ।
पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय

