पाल्पाको रानीमहलमा नेपालभाषा साहित्यिक यात्रा सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २, बुधबार
वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीले स्थापना गर्नुभएको लोकसाहित्य परिषद्, ललितपुर बखुंबहालको आयोजनामा साहित्यिक यात्रा सम्पन्न भएको छ । तानसेन पाल्पाको रानीमहलको प्राङ्गणमा सम्पन्न सो साहित्यिक कार्यक्रम परिषद का अध्यक्ष राजितबहादुर श्रेष्ठको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । सो साहित्यिक यात्रा विमल प्रभा बज्राचार्यको संयोजकत्वमा भएको कार्यक्रममा काठमाडौं, ललितपुर र कीर्तिपुरबाट ३० जना साहित्यकार हरुको सहभागिता रहेको थियो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा अतिथिको रूपमा पासा खलःका अध्यक्ष देवेन्द्रराज शाक्य, दोलखाका संस्कृतिविद् शान्तकृष्ण श्रेष्ठको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा पाल्पाका बौद्ध विद्वान् भाषासेवी तथा समाजसेवी छत्रराज शाक्यलाई परिषद्का अध्यक्ष राजितबहादुर श्रेष्ठ र उपाध्यक्ष वीरसिं महर्जनले सम्मान र परिषद्को मानार्थ सदस्यता प्रदान गर्नुभयो ।
कार्यक्रममा वीरसिं महर्जन, अनुराधा बज्राचार्य तानसेन, रजनीमिला, अमिरमैया रञ्जित, देवेन्द्र बज्राचार्य पाल्पा, पूर्णिमा शाक्य, अनिल स्थापित, उत्पल बज्राचार्य पाल्पा, नरेश अमात्य, अर्चना शाक्य पाल्पा, साैन्दर्यावती शाक्य पाल्पा, बालसाहित्यकार निब्बाना शाक्य पाल्पा, राजेन्द्र रञ्जित, शान्तराज शाक्य, चित्र बलिराम सुवाल पाल्पा, मोहनदेवी महर्जन, शरद कसाःलगायत करिब ३० जनाभन्दा बढी साहित्यकारले विभिन्न विधाका नेपालभाषामा साहित्य वाचन गर्नुभयो ।
यस्तै मन्तव्यको क्रममा सम्मानित हुनुभएका छत्रराज शाक्यले करिब १३ वर्ष अगाडि बाखं दबूको आयोजनामा उपत्यकाका साहित्यकारहरुले पाल्पामा साहित्यिक कार्यक्रम गरेको स्मरण गर्दै खुसी व्यक्त गर्नुका साथै भाषा, साहित्य विकासका लागि लोक साहित्य परिषद्लाई १० हजार आर्थिक सहयोग गर्नुभयो ।.
Categorized in साहित्य-कला

