पाल्पामा पहिरोले गाडी बगाउँदा दुईजनाकाे मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ९, मंगलबार
काठमाडाैं - पाल्पाको तानसेन नगरपालिका-११, सम्मोबारीमा सोमबार बेलुका पहिरोले दुईवटा गाडी बगाउँदा दुईजनाकाे मृत्यु भएकाे छ ।
पाल्पा-गुल्मी सडकखण्डमा पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुरेकाे छ । घटनामा एकजनाको उद्धार गरिएको छ।
कम्तीमा दुईवटा गाडी पहिरोमा परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो। एउटा गाडी भीरमा अड्किएको अवस्थामा छ। गाडी भएको ठाउँमा समेत पुग्न कठिन भइरहेको छ।
ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन ।अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वारमा जुटिरहेको छ। माथिबाट ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएकोले उद्वार कार्यमा कठिनाई भएकाे जनाइएकाे छ।
Categorized in अपराध-दुर्घटना