relans
ni new 83
nib 2082 5

पिनाकल ट्रेनिङ एकेडेमीको दस दिने उदघोषण सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १०, मंगलबार

पिनाकल ट्रेनिङ एकेडेमीले   ललितपुर महानगरपालिका वडा नं. ५ को सहयोगमा  आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । वडा ५ का महिला समूहका पदाधिकारी एवं सदस्यहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले  आयोजना गरेको   उक्त तालिममा संचारकर्मी सुरजबीर बज्राचार्यले प्रशिक्षण दिएका थिए ।  उक्त तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

एकेडेमीका अध्यक्ष शरदराज न्यौपानेको सभापतित्वमा भएको यस कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले आफू प्रशिक्षार्थीहरुको मन्तब्य तथा कार्यक्रम संचालक शैलीबाट प्रभावित भएको भन्दै थप एडभान्स कोर्ष चाँडै आयोजना गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । प्रमाण पत्र वितरण गर्दै उनले १० दिने उद्घोषण तालिम पश्चात हुने एडभान्स कोर्षका लागि सहभागी सबैले अझ मेहेनत गर्नुपर्ने तर्फ औल्याएर । कार्यक्रमका विशेष अतिथि तालिम संयोजक तथा वडा ५ का महिला सदस्य शोभा श्रेष्ठले तालिमले सबैमा उल्लेखनीय गुण विकास भएको भन्दै दक्षता बृद्धि गर्न थप विषयवस्तुका साथ तालिमको अवधि बढाउनु पर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा वडा सदस्य अशोककुमार श्रेष्ठ तथा मञ्जु रिजालले पनि आफ्नो कुरा राखेका थिए ।

प्रशिक्षक बज्राचार्यले मेहेनत सँधै निरन्तर हुनु पर्ने तथा प्रत्येक गल्तीबाट ज्ञान हासिल गर्दै अघि बढ्नु पर्ने भन्दै आफ्नो कर्म र समर्पण मात्र तालिमको १० दिने अवधिमा सिमित नहुने प्रतिवद्धता ब्यक्त गरे । यसैका लागि फेसबुक च्याट ग्रुप निर्माण गरेको पनि उहाँले जानकारी गराउनु भयो । दक्षिणकाली महिला समूह, थसिखेल महिला समूह, सिद्धिविनायक महिला समूह, सुभारम्भ महिला समूह, महालक्ष्मी महिला समूह, संकल्प महिला समूह, कुमारीपाटी महिला समूहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा नानीमाया कपालीले धन्यवाद ज्ञापन गरेका हुन् ।

कार्यक्रममा निम्मु राजभण्डारी, डा. मीना बराकोटी, सिर्जना गजुरेल, बबिता गजुरेल, सुचिता जोशी, प्रकाश कार्की क्षेत्री, शान्ता कार्की बस्नेत, कमला विष्ट, विद्या बस्नेत के.सी., प्रमिला रिजाल, प्रमिला बज्राचार्य, प्रविणा प्रधान खड्गी, सरला गुरुङ, सुष्मा सिलवाल, लक्ष्मी मानन्धर, रेणु कर्माचार्य, निलु महर्जन, रिना खड्का, कृति सिर्मल, अनुपमा खड्का, सुनीता ताम्रकार, सुनीता दवाडी ढुंगानाले आफ्नो अनुभव मन्तब्य राखेका थिए । आयोजकका तर्फबाट प्रमुख अतिथि ५ नं. वडा अध्यक्ष विकासमान श्रेष्ठ तथा प्रशिक्षक सुरजबीर बज्राचार्यलाई मायाको चिनोका रुपमा हस्तकलाका सामग्री उपचार प्रदान गरिएको थियो ।

Categorized in उपत्यका
ppp 2