पुनः साउन ६ गतेसम्मलाई नेकपाको स्थायी कमिटी बैठक स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । यसअघि स्थायी कमिटी बैठक पटक पटक स्थगित भइसकेको थियाे ।
पार्टी विवाद समाधानकाे लागि आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी बैठक स्थगित भएकाे जानकारी दिएकाे हो ।
विज्ञप्तिमा साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।
Categorized in राजनीति