STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुस १ देखि भक्तपुरका विद्यालयहरु आलाेपालाे खुल्ने

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २६, शुक्रबार

भक्तपुर – भक्तपुर नगरपालिकाले पुस १ गतेदेखि आफ्नो नगर क्षेत्रभित्रका विद्यालयहरु आलाेपालाे चलाउने निर्णय गरेकाे छ ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिले नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी एवं संस्थागत विद्यालयलाई माथिल्लो कक्षातर्फ ८, ९ र १० कक्षा आलोपालो गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो।

माथिल्लो तहका तीनवटा कक्षा आलोपालो सञ्चालन गर्न गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न विद्यालयलाई आग्रह गरिएको छ।

समितिले एकसयभन्दा कम  विद्यार्थी संख्या भएका सामुदायिक तथा निजी एवं संस्थागत विद्यालयलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना नगर शिक्षा शाखामा पेस गर्न भनेको छ। सोही प्रस्तावनाको आधारमा मात्रै कक्षा सञ्चालन गर्ने गराउने निर्णय भएको प्रमुख प्रजापतिले जानकारी दिए।

उनका अनुसार कक्षा सञ्चालन सम्बन्धमा विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसँग सरसल्लाह गरेको बैठकको निर्णयसहितको विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना मंसिर मसान्तभित्र नगर शिक्षा शाखामा पेश गर्नुपर्नेछ।

भक्तपुर नगर क्षेत्रमा ५७ वटा निजी एवं संस्थागत र ३५ वटा सामुदायिक गरी ९२ वटा विद्यालय छन्।

 

 

Categorized in शिक्षा