relans
ni new 83
nib 2082 5

पुस ५ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ३, सोमबार

काठमाडौं – आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान गर्न पाउने भएका छन्।

आज राजपत्रमा प्रकाशित भएको निर्वाचन आयोगको सूचनामा उक्त कुरा उल्लेख छ। आयोगले दुई चरणमा हुने निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोगजनका लागि मतदाता नामावलीमा नाम समावेश गर्ने गरी सूचना प्रकाशन गरेकाे हाे।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइ सर्वोच्चमा जारी छ। यस्तै, सत्तारुढ दल नेकपाभित्रको विवाद पनि कायमै छ।

Categorized in राष्ट्रिय
ppp 2