STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्ण सरसफाइ अभियान शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार

बिर्तामोड नगरपालिकासहित गौरीगञ्ज र कमल गाउँपालिकाका १४ वडामा ‘नमूना पूर्ण सरसफाइ अभियान’ शुरुआत गरिएको छ । अभियानअन्तर्गत ती वडालाई पूर्ण सरसफाइ उन्मुख बनाइने भएको छ । सन् २०३० सम्ममो देशलाई नै पूर्ण सरसफाइ उन्मुख बनाउने सरकारी लक्ष्यअनुसार तीन स्थानीय ती वडाका १५ बस्तीमा नमूनाका रुपमा पूर्ण सरसफाइ अभियानको काम शुरुआत गरिएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोम आचार्यले जानकारी दिनुभयो । नमूनाका रुपमा विर्तामोड नगरपालिकाका छ वडा, गौरीगञ्ज र कमल गाउँपालिकाका चार÷चार वडासहित १४ वडाका १५ वटा टोलमा नमूना कार्यक्रम शुरु भएको उहाँले बताउनुभयो । नमूनाका ती बस्तीमा कम्तीमा सरदर ४५ देखि ६५ घरधुरी समेटिएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा बस्तीलाई पूर्ण सरसफाइ उन्मुख बनाउने प्रतिबद्धतासहित कार्यक्रम शुरु गरिएको छ । कार्यक्रमअन्तर्गत विर्तामोड–३ को आफन्त टोल, वडा नंं ६ को बेलगाछी, ७ को रेखा टोल, वडा नं ८ को हर्चना, वडा नंं–९ को कोलाटोली÷सतालसिंवारी र वडा नंं १० को मधु पोखरी टोल समेटिएका छन् । त्यस्तै कमल गाउँपालिकाको ढ्याङ्ग्री टोलमा भने १०५ घर रहेको बताइएको छ । यी सबै टोलले असार मसान्तसम्ममा बस्तीलाई पूर्ण सरसफाइ उन्मुख बनाइने जनाइएको छ । वडामा वडालाई पूर्ण सरसफाइका लागि लाग्ने समय र सञ्चालन गर्नुपर्ने आवश्यक कार्ययोजना निर्माण गर्न पूर्ण सरसफाइ कार्यक्रमको अगुवाइ गर्ने संस्था र स्थानीय तहले कार्ययोजना तयार गरिरहेको संयोजक आचार्यले बताउनुभयो । झापाका १५ समुदाय र १५ वटा विद्यालय समेटिएको छ । विभिन्न स्थानीय तहका १६ वडामा २० समुदाय र २० विद्यालयमा अभियानका रुपमा उक्त कार्यक्रम शुरु गरिएको छ । प्रदेश नं १ का ३ जिल्लामा नमूना परियोजनाका रुपमा कार्यक्रम शुरु भएको अभियानका प्रदेश संयोजक विनोद शर्माले जानकारी दिनुभयो । मोरङ र सुनसरीमा पनि उक्त अभियानलाई नमूनाका रुपमा शुरु गरिएको छ ।
Categorized in राष्ट्रिय