पूर्वडीआईजी रमेश खरेल पनि होमिए राजनीतिमा, 'नेपाल सुशासन पार्टी' घोषणा गर्दै
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २३, बिहिबार
मंसिर २३, २०७८ - नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि राजनीतिमा होमिएका छन् । खरेलले भोलि नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।
त्यसका लागि उनले समय र स्थान पनि निर्धारण गरिसकेका छन् । खरेलले 'नेपाल सुशासन पार्टी' नामक राजनीतिक दल घोषणा गरेका हुन् ।
भोलि दिउँसो साढे ३ बजे युनियन हाउस अनामनगरमा एक कार्यक्रम गरी खरेलले नयाँ पार्टी गठन गर्न लागेका हुन् ।
खरेलले नेपालमा देशलाई समृद्ध बनाइ सफल र शक्तिशाली बनाउन थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरता, कुशासन तथा भ्रष्टाचारजस्ता कारणले देशमा विकासले गति लिन नसेकेको जनाएका छन् ।
Categorized in राजनीति

