STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० थान बन्दुकका गोली समेतका हातहतियार पनि बरामद गरेको छ । लोगाड प्रान्तमा सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।
Categorized in अन्तर्राष्ट्रिय