पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २, आइतबार
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६५ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) तिर्नुपर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) कायम गरिएको छ ।
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
Categorized in बिजनेस

