STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वार्टरफाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २०, मंगलबार

दोहा: पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। एजुकेसन सिटी रंगशालामा भएको खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

त्यहाँ पनि डेडलक नतोडिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। स्पेन चार वर्षअघि आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो। सन् २०१० मा विश्वकप विजेता बनेको स्पेन त्यसयता अन्तिम १६ भन्दामाथि पुग्न सकेको छैन।

Categorized in खेलकुद